काठमाडौं : राष्ट्रिय सभाको उप निर्वाचनको उम्मेदवारी दर्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल हेटौडातर्फ गएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले निर्णय गरे लगत्तै बादल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौडा पुगेका छन्। गृहमन्त्री थापा प्रधानमन्त्री निवासमा रहेको हेलिकप्टरबाट सिधै हेटौंडा गएका हुन्। प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले फोटो फेसबुकमा राख्दै भनेका छन्, ुफ्लाइङ टू हेटौंडाु
यस अघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग, बागमती प्रदेश कार्यालयमा विहान साँढे १० बजे मनोनयन दर्ता गरेका छन्।
Facebook Comments Box