आईपिएलको अंक तालिकामा ठुलो उलटफेर , राजस्थान पहिलो दिल्ली तेस्रो ( हेर्नुस अंक तालिक )

युएइ । इण्डिन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सविरुद्ध सनराइजर्स हैदराबाद विजयी भयो । अबुधावीमा खेलिएको खेलमा दिल्लीविरुद्ध हैदरावाद १५ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । हैदराबादले दिएको १ सय ६३ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेटको गुमाउँदा १ सय ४७ रन मात्र बनाउन सक्यो । उनलाई जीतका लागि १५ रन कम भयो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । तर, तीन खेलमा सन्दीपले मौका पाएका छैनन् । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । अघिल्ला दुई खेलमा दिल्ली अपराजित रहेको थियो । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

80 ÷ eight =