ओली शीतलनिवास पुगेपछि कानूनविद्सँग परामर्श गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासक मत लिन असफल भएपछि संसद अधिवेसन अन्त्यको पत्र लिएर राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।

संसदमा विश्वास गुमाएपछि मन्त्रिपरिषद बैठक डाकेका प्रधानमन्त्री ओलीले सदन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गराएका थिए।

ओली राष्ट्रपति भवन पुगेपछि अहिले कानूनी विषयमा परामर्श भइरहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ।

अबको राजनीतिक स्टेपुका विषयमा कानुनी परामर्श भइरहेको राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयका एक अधिकारीले जानकारी दिए।

‘अब संविधानको धारा ७६ को उपधार (२) अनुसार सरकार गठनका लागि आह्वान गर्ने नि उपधारा (३) अनुसार अगाडि बढ्ने भन्ने विषयमा छलफल र परामर्श हुँदैछ, ती अधिकारीले भने।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले कानूनविद्‌हरुसँग शीतलनिवासमै परामर्श गरिरहेका ती अधिकारीको भनाइ छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = 20