कोलकत्ताको खेल हेर्न पत्नि र छोराछोरी हित मैदानमै पुगे किङ खान ( फोटो फिचर )

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले सजिलो जित निकालेको छ । राजसंस्था ३७ रनले पराजित भयो, कोलकाताका लागि यो दोस्रो जीत हो । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७४ रन बनायो । कोलकाताका लागि ओपनर शुभम् गिलले ४७ रनको योगदान दिएका थिए भने छैटौं नम्बरमा आएका मोर्गेनले ३४ रन बनाए । आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए ।

१ सय ७५ रनको विजय लक्ष्य लिएर मैदानमा छिरेको राजस्थानको सुरुवात राम्रो हुन सकेन । कप्तान स्टिपेन स्मिथ ३ रन बनाएर आउट भए । त्यसपछि आएका ब्याट्सम्यान तीन ब्याट्सम्यान दोहोरो अंक पनि नजोडी पबिलिन फिर्ता भए । सातौं नम्बरमा आएका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २–२ विकेट लिए ।

जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो । तेस्रो स्थानमा रहेको राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । बिहीबार साँझ अबुधावीको शेख जायद स्टेडियममा किंग्स इलेभेन पञ्जाब र मुम्बइ इन्डिन भिड्ने छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirteen = eighteen