काठमान्डौं : आज थप आठ हजार पाँच सय २० जनामा को,रोनाभा,इरसको संक्र,मण देखिएको छ भने दुई सय तीन जनाको मृ,त्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार चार सय ७८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा संक्र,मण पुष्टि भएको हो। जसमध्ये २० हजार नौ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय ६७ र पाँच सय ३० जनाको एन्टिजन परीक्षण गर्दा ५३ जनामा संक्र,मण देखिएको छ।
त्यस्तै, को,रोना संक्र,मणबाट पछिल्लो २४ घण्टामा दुई सय तीन जनाको ज्यान गएको छ। योसँगै को,रोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ६ सय ६९ पुगेको छ।
आज ६ हजार एक सय ३५ जना निको भएका छन्। योसँगै को,रोनाबाट निको हुनेको संख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको छ।अहिलेसम्म चार लाख ३९ हजार ६ सय ५८ जनामा संक्र,मण पुष्टि भएको छ।
Facebook Comments Box