प्रधानमन्त्री ओलीले गरे माधवकुमार नेपाल लाई राष्ट्रपतिको अफर

काठमाडौं : सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद साम्य हुने दिशामा अघि बढेको छ । डेढ वर्षदेखि चलेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराव गत हप्तादेखि अन्त्यको दिशामा अघि बढेको छ ।

सार्वजनिक मञ्चबाट एक अर्काविरुद्ध विषवमन गरेका उनीहरुबीच ओली सरकारलाई निरन्तरता दिने गरी सहमति बन्यो । यो बाहिर देखिएको कुरा हो, तर भित्र प्रधानमन्त्री ओलीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रतिबद्धता जनाएको राजनीतिक वृत्तमा चर्चा छ ।

अध्यक्ष ओली र नेता नेपालबीचको टकराव बढिरहँदा न त एमालेको सरकार रहने भयो, न त नेपाल समूहका नेताहरुको राजनीतिक भविष्य नै सुरक्षित रहने भयो, यी दुई दृश्य सतहमा आएपछि दुवै सहमतिमा पुग्न बाध्य भए । तर, नेता नेपाल ओली सरकार जोगाउन राजी कुन शर्तमा भए रु आम चासो छँदै छ ।

यो चासोलाई मेटाउने गरी अहिले राजनीतिक वृत्तमा चर्चा छ– माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन ओली सहमत भए । सोही सहमतिअनुसार नेता नेपाल पनि ओली सरकार जोगाउन राजी भए ।

प्रधानमन्त्री र राष्ट्रपतिको लेनदेनमा अध्यक्ष ओली र नेता नेपालबीच सहमति बन्यो । र अहिले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ओली र नेता नेपालले १० सदस्यीय कार्यदल गठन गरेका छन् । तर, यसअघि नै ओली र नेपालबीच नेपाललाई राष्ट्रपति बनाउने सहमति भएको छ ।

अब हुने १०औँ महाधिवेशनमा नेता नेपालले अध्यक्षमा दावेदारी नदिने शर्तमा उनलाई राष्ट्रपति बनाउने सहमति भएको हो । महासचिवको हैसियतमा डेढ दशक एमालेको नेतृत्व लिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी नेतृत्वमा दाबी नगर्ने र उनलाई राष्ट्रपति बनाउन अध्यक्ष ओली पनि सहमत भएका हुन् ।

यसअघि वरिष्ठ नेता झलनाथ खनालको नाम पनि राष्ट्रपतिका लागि चर्चामा आएको थियो । तर, अब नेता नेपाललाई राष्ट्रपति बनाउने गरी पार्टीभित्रको आन्तरिक विवाद समाधानको उपाय खोजिएको हो ।

डेढ दशकदेखिको दुई शीर्षनेताहरुबीच टकराव गत हप्तादेखि मथ्थर हुन थालेको हो । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाएनन् । सोही दिन गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२०अनुसार सरकार बनाउन दलहरुलाई दावी पेश गर्न बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई सरकार बनाउने सहज गरिदिन नेता नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओली सम्झौता गर्न राजी भएका हुन् । आफ्नो सत्ता रक्षाका लागि अध्यक्ष ओली बिहीबार नै नेता नेपालसँग विवाद समाधान गर्न राजी भए । नेपाल समूहका सांसदहरुले राजीनामा नदिने भएपछि कांग्रेस–माओवादी गठबन्धनले बहुमतको सरकार बनाउन सकेन । त्यसपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६९३०अनसार ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरिन् ।

यसरी ओली सरकार जोगाएकोमा प्रधानमन्त्रीले माधवकुमारलाई राष्ट्रपतिको अफर गरेका छन् र उनी पनि राजी भएको भन्दै अहिले राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 3 = two