
काठमान्डौं : परासी निषेधाज्ञाका कारण अलपत्र परेका यात्रु बोकेर पश्चिमतर्फ जाँदै गरेको बस बुधबार पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट खस्दा ४ जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुने सबै रुकुम पश्चिमका हुन् । दु,र्घ,टनामा ४९ घाइते भएका छन् । २ को अवस्था गम्भीर रहेको प्रह,रीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रह,रीले जनाएको छ । अन्यलाई उपचारपछि बुधबार नै घर पठाइएको छ । बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।
काठमाडौंबाट दुई जिल्लाका यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने पहाडको खुर्सानी खोलामा खस्दा दु,र्घ,टना भएको जिल्ला प्र,हरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए ।
मृ,त्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली छन् । उनीहरुको घट,नास्थलमै मृ,त्यु भएको हो । बस पहाडबाट १ सय ५० मिटर तल खसेको थियो । बसलाई रुखले अड्काएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रह,रीले जनाएको छ ।
सुरुमा रुकुम पश्चिमका लागि मात्र भनेर हिडेको बसमा सल्यान जान हिडेको बसका यात्रुलाई समेत काठमाडौंबाटै चढाइएको थियो । दुर्घ,टनामा घा,इते भइ चिसापानी अस्पतालमा उप,चार गराई रहेका सल्यानका मोहन रानाले भने,‘ हामी अर्को बसमा थियौं । बस नजाने भएपछि हामीलाई पनि यही बसमा पठाइयो ।’
बसमा ५८ यात्रु थिए । दुर्घ,टना ब्रेक फेल भएर हुन पुगेको चालकलाई उद्दृत गर्दै प्रह,री नायब उपरीक्षक लामाले बताए। तर चिसापानी अस्प,तालमै उप,चार गराई रहेका सल्यानका अर्का घा,इते यात्रु प्रकाश रानाका अनुसार चालकसँगै रहेका क्याबिनमा यात्रुहरुले गीत गाइ रहेका थिए । गीत गाउनेमाथि चालकले पटकपटक हेर्दै गाडी चलाउँदै गरेकाले दुर्घ,टना भएको हुनसक्छ।