प्रधानमन्त्री ओलीलाई कारवाही गर्न निर्वाचन आयोगसमक्ष प्रचण्डको सचिवालयको माग

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमूक उम्मेदवारलाई मतदान गर्न अपिल गरेकाले कार,वाही गर्न माग गरेको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले प्रेस वक्तव्य जारी गर्दै जेठ ३ गतेदेखि मौन अवधि शुरू भइसकेको अवस्थामा बुधवार मतदानका लागि अपिल गर्नु आचारसंहिता विपरीत भएको जनाएको छ ।

‘जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचारसंहिता विपरित भएको स्वयं निर्वाचन आयोगले सचेत गराइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले बुधवार अपिल जारी गर्दै नेकपा एमाले उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आग्रह गरेका छन् ।

महराद्वारा विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरीत सरकार प्रमुखले नै अमूक उम्मेदवारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 × one =