पोलार्डले छक्काको बर्षा गरेपछि मुम्बईले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य, के उक्त लक्ष्य पञ्जाबले भेटाउला त ?

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई १९२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनाएको हो । मुम्बईका लागि रोहित शर्माले सर्बाधिक ७० रन बनाए । रोहितले ४५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाएर आउट भएका थिए ।

त्यस्तै इशान किशनले २८ रन बनाए भने सूर्यकुमार यादवले १०, केरन पोलार्डले २० बलमा आक्रामक ४७ रन र हार्दिक पाण्डेयले ११ बलमा ३० रन बनाएका थिए । पोलार्ड र हार्दिकले २३ बलमा ६७ रनको साझेदारी गरेका थिए । पञ्जाबका बलर मोहमद सामी, शेल्डन कोट्रेल र कृष्नप्पा गोवथामले एक विकेट लिएका थिए । पछिल्लो खेलमा हार व्यहोरेका दुवै टिमका लागि आजको खेल निकै महत्त्वपूर्ण छ ।

यस्तो छ पञ्जाबको प्लेइङ ११ – लोकेश राहुल, मयङ्क अग्रवाल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, करुण नायर, जेम्स नीशाम, सर्फराज खान, कृष्णप्पा गोथम, मोहम्मद शामी, शेल्डन कोट्रेल र रवी बिश्नोई ।

यस्तो छ मुम्बईको प्लेइङ ११ – रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिय पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 + six =