काठमाडौँ : संविधानविद भीमार्जुन आचार्यले संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ठूलो अस्थिरतातर्फ धकेलेको बताएका छन् । संविधान मिच्ने र मनलाग्दी गर्ने प्रवृत्तिले गर्दा राष्ट्रपति र प्रधानमन्त्रीको कदमले देश ठूलो अस्थिरतातर्फ धकेलिएको आचार्यको भनाइ छ ।
संसद विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले मूलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेका छन्, आचार्यले इकागजसँग भने, यसले मूलुकलाई नसोचेको नोक्सानी हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक संसद विघटन गरेर चुनाव घोषणा गर्नु अराजक कदम भएको पनि आचार्यले बताए ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
Facebook Comments Box