आईपिएलको अंक तालिकामा फेरि उलटफेर, पुछारमा पुग्यो धोनीको चेन्नाई ( हेर्नुस अंक तालिका )

एजेन्सी : साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पञ्जावलाई ४८ रनले हराउदै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । प्रतियोगितामा मुम्बईको दोस्रो जित निकालेको हो । पन्जावको भने यो लगातार तेस्रो हार हो ।

युएईको आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाउएर १ सय ९१ रन बनायो । जवाफमा पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । उसका लागि निकोलस पुरनले ४४ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् ।

जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । चार खेल खेलेको मुम्बई दुई जित र दुई हारसहित रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि मुम्बई भन्दा एक खेल कम खेलेको दिल्ली ४ अंक नै भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 3 = one