चौतर्फी विरोधपछि नेपाली क्रिकेटरको पुनः ग्रेणिङ गरिने

एजेन्सी । नेपाल क्रिकेट संघ क्यानले केन्द्रीय सम्झौतामा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ । क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने भएको हो ।

क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न बिहीबार निर्देशन दिएको छ । गत ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरणलाई पारित गरेको थियो । क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई केन्द्रीय सम्झौतामा राखेको थियो ।

कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले तयार गरेको उक्त वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गिकरण परिमार्जन गर्न भएको हो । क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले वर्गीकरणमा पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 6 = six