
काठमान्डौं : नेपालमा बढेको कोभिड संक्रमण महा-मा-री रोकथाम तथा नियन्त्रणका लागि थाइल्याण्ड सरकारले सहयोग गर्ने भएको छ । थाइल्याण्डले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गर्ने भएको हो । ती सामाग्री आइतबार नेपाल आइपुग्नेछ ।
थाइल्याण्ड सरकारले विमान चार्ट गरी ती सामाग्री ल्याउन लागिएको हो । ती सामाग्री बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । ती सामाग्री थाइल्याण्डका राजदुतले हतान्तरण गर्ने कार्यक्रम रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल आउन लागेको ती समाग्री लिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रबिध मन्त्री श्रेष्ठ विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा पठाइने विभिन्न स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपालमा कोभिडको सेकेण्ड भेरियन्टको संक्रमण अत्यधिक बढे पछि अक्सीजन लगायत स्वास्थ्य उपचारका सामग्रीहरुको अभाव भए पछि दातृ निकायहरुलाई सहयोगको अपिल गरिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य सामाग्री सहयोगको अपिल गर्दै थाई नरेशलाई नेपाली राजदुतावास मार्फत पत्र पठाएकी थिइन् । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालय तयार गरेको सुचीको आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य समाग्री उपलब्ध गराएको हो ।