नेपाल इराक्सँगको मैत्रीपूर्ण खेलपछि कोचले भने, दोष मेरो हो

काठमाडौं : नेपाल इराक्सँगको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको छ। सो पराजयको दोष नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, आफुले लिएका छन्।

गए राति इराकको ‘बासरा’ सहरमा भएको खेलमा घरेलु टोली इराकले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको हो। फिफा वरियतामा नेपाल भन्दा १०३ स्थान माथि रहेको इराकसंग नेपालले पराजय भोग्नु पनि स्वाभाविक नै हो।

अझै पहिलो हाफको ३०औं मिनेटमा त नेपालले खेलमा अग्रता पनि लिएको थियो। कोच अल्मुताइरीले नै नेपाली टोलीमा पहिलो पटक समावेश गरेका मनिष डाँगीको गोलमर्फत नेपालले खेलमा अग्रता लिएको थियो।

अन्तत यस हारको जिम्मा प्रशिक्षक अल्मुताइरीले आफ्नो टाउकोमा लिएका छन्। उनले फेसबुक पोस्टको माध्यमबाट सम्पूर्ण नेपाली समर्थकसँग माफी माग्दै खेलाडीलाई भन्दा उनलाई नै दोष दिनु भनेका छन्।

तर नेपाली फुटबल समर्थक तथा शुभचिन्तकले उनलाई दोषको सट्टा हौसला, समर्थन र विश्वास व्यक्त गरेका छन्। उनको पोस्टको कमेन्ट बक्समा नेपाली समर्थकले नेपालले आफु भन्दा निकै नै राम्रो प्रतिद्वन्दीसँग उत्कृष्ट फुटबल खेलेको कुरा पोखेका छन्।

पक्कै पनि, खेलमा धेरै व्यक्तिगत गल्तीहरु सुधार्न सकिन्थे। ती मध्ये इराकको पहिलो र पाँचौं गोल नितान्त नेपाली खेलाडीद्वय किरण चेम्जोङ र सुमन अर्यालको व्यतिगत गल्ती थिए। तर समग्रमा हेर्दा नेपालले इराकसँग यतिको प्रतिस्पर्धात्मक खेल खेल्नु नेपाली फुटबलको लागि राम्रो शुरुवातको संकेत हो। यस खेलले नेपाली खेलाडीलाई नयाँ अनुभूति तथा पाठ सिकाएको देख्न सकिन्छ।

अब नेपाल विश्वकप तथा एसिया कप छनोटका बाँकि खेल खेल्न कुवेत प्रस्थान गर्दैछ। नेपालले कुवेतमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

68 ÷ = sixty eight