उपनिर्वाचन अपडेट: हालसम्म २७६ जनाले गरे मतदान

काठमाडौं : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि मतदान जारी छ । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान भएको हो ।

निर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१९ जना गरी ३०० मतदाता रहेका छन् । उपनिर्वाचनमा हाल (१२ बजे) सम्म २७६ जनाले मतदान गरेका छन् ।

एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + four =