आइपिएलमा सस्तो खेलाडी हिट , मंहगो खेलाडी सुपर फ्लप

काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पार्‍यो । प्रतियोगितामा तेस्रो जीत दर्ता गर्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको हो । शारजाहमा दिल्लीले दिएको २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५८ बनाए भने अन्त्यतिर इयान मोर्गानले ४४ तथा राहुल त्रिपाठीले ३६ रनको आक्रामक पारी खेलेको भएपनि टोलीलाई जीत दिलाउन सकेनन् । खेलमा महंगोमा किनिएका खेलाडीले खासै उल्लेखनीय सफलता हासिल गर्न सकेनन् । तर असाध्यै सस्तोमा किनिएका खेलाडीले भने उत्कृष्ट प्रदर्शन गरे ।

दिल्लीमा ऋषभ पन्त १५ करोड भारुमा किनिएका सबैभन्दा महंगा खेलाडी हुन् । उनले १७ बलमा २८ रन बनाए । हर्षल पटेल केवल २० लाख भारुमा किनिएका खेलाडी हुन् । उनी प्लेइङ इलेवनमा परेका सबैभन्दा सस्ता खेलाडी हुन् । ब्याटिङमा उनले मौका पाएका छैनन् । बलिङमा उनले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए ।

त्यस्तै, कलकत्ताका सबैभन्दा महंगा खेलाडी पैट कमिन्स हुन् । उनी यो सिजनमा १५.५० करोड भारु पाउँछन् । कमिन्सले ४ ओभरमा ४९ रन दिए तर एउटा पनि विकेट लिन सकेनन् । प्लेइङ्ग इलेवनमा रहेका राहुल त्रिपाठी केवल ६० लाख भारुमा किनिएका खेलाडी हुन् । उनी सबैभन्दा सस्ता खेलाडी हुन् जसले १६ बलमा ३६ रन बनाए । खेलमा उनले ३ चैका र ३ छक्का पनि हिर्काए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy five = 79