
काठमाडौं : अहिले उपत्यकामा संक्रमितको संख्या घटेसँगै राजधानीमा को,रोना संक्रमितको उपचार गरिरहेको मुख्य सरकारी अस्पतालमा शैया खाली हुन थालेको छ । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैया तथा आइसीयू पनि खाली भएका छन् ।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा.रामविक्रम अधिकारीका अनुसार विगत तीन दिनदेखि अस्प,तालको आकश्मिक कक्षामा आएका कुनै विरामी फिर्ता पनि नगरिएको र भर्नाका लागि नपर्खाइएको बताउनुभयो ।
शिक्षण अस्पतालमा रहेका ५२ वटा आईसीयू बेड मध्ये पाँचवटा खाली रहेको बताउँदै को(भिडका विरामीका लागि शैया र अक्सिजन पर्याप्त रहेको बताउनुभयो ।उहाँले झण्डै ३० फिट लामो अक्सिजन ट्याङ्क हालै जाडान भएको र यसले अक्सिजनको माग लगभग धान्ने बताउनुभयो ।
यसै गरी शुक्रराज ट्रपिकल तथा स(रुवा रोग अस्पतालका चिकित्सक डा।अनुप बाँस्तोलाका अनुसार केही विरामी भेन्टिलेटरमा र केही गम्भीर अबस्थाका विरामी अझै अस्पतालमा भए पनि विरामीको चाप भने घट्दै गएको बताउनुभयो ।
उहाँले केही दिन अघिसम्म विरामीको बढ्दो चापका कारण शैया अभावमा कतिपय विरामीलाई स्टेचर तथा अस्पतालको चौरमा समेत राखेर उपचार गर्नुपरेको बताउँदै अहिले गम्भीर अबस्थामा अस्पताल आउने विरामीको संख्यामा कमी आएको बताउनुभयो ।
उहाँले अहिले आकस्मिक कक्षमा अक्सिजन सहितका शैया र भेन्टिलेटरहरू विरामीका लागि उपलब्ध भएको बताउनुभयो तर उहाँले अहिले नै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने कुरामा भने कुनै हालतमा सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले एकसयवटा एचडीयू बेड मध्ये ८८ वटामा मात्र विरामी रहेको र अहिले २४ आईसीयू र १७ भेन्टिलेटर खाली रहेको बताउनुभयो ।
त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले अहिले सेन्टरमा शैया र अक्सिजन अभाव नरहेको बताउनुभयो । त्यहाँ संक्रमितको उपचारका लागि उपलब्ध दुई सय शैया मध्ये अहिले ८४ वटामा मात्र विरामी रहेका छन् ।
साथै आईसीयू भेन्टिलेटमा विरा,मीको चाप कम हुँदै गएको उहाँले बताउनुभयो । अहिले अक्सिजन अभाव पनि नरहेको उहाँले बताउनुभयो ।आज मात्र उप,त्यकामा संक्र,मित संख्या एक हजार ९३ जना नयाँ संक्र,मित थपिएका छन् । यस्तै पछिल्लो समय नेपालमा भाइ,रसबाट सङ्क्र,मित हुनेको सङ्ख्या र मृ,त्युद,र घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि बाट ज्या,न गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ ।