डुप्लेसिस र वाटसन चम्किएपछि पञ्जाबबिरुद्ध चेन्नाईको अहिलेसम्मकै ठुलो जित

काठमाडौँ, १९ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । दुबईमा आइतबार राति भएको खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गर्दै जित निकालेको हो ।

क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्न सफल भयो । चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । चेन्नईका लागि फाप डुप्लेसिसले ८७ तथा सेन वाटसनले ८३ रन बनाए।

पञ्जाबका कुनै पनि बलरले विकेट लिन सकेनन् । यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनायो। पञ्जाबका लागि केएल राहुलले सर्वाधिक ६३ रन जोड्दा निकोलस पूरनले ३३ रन, मंदीप सिंहले २७ रन, मयंक अग्रहवालले २६ रन तथा सर्फराज खानले १४ रन जोडे।

चेन्नईका लागि शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुश चावलाले १/१ विकेट लिए। जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा समेत उक्लिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty ÷ ten =