
काठमान्डौं : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन ।
विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।
परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने उनले बताए । को,रोना संक्र,मणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो ।
Facebook Comments Box