भोली नेपालले चाइनिज ताइपेईसँग खेल्दै, कस्ले मार्ला बाजी ?

काठमाण्डौ : कतारमा हुने सन् २०२२ को विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार (भोलि) नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोलि पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई बलियो राख्न चाहन्छ ।

विश्व कप छनोट अन्तर्गत समूह “बी”मा चार घरबाहिर र एक घरमा गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । कुवेतमा रहेको जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला चाइनिज ताइपेईवि,रु,द्ध मैदान उत्रँदा नेपाल त्यही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई बलियो राख्न चाहन्छ ।

तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । त्यही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेलअघि बताउनुभएको छ ।

यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।

नेपाल भोलि चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबल बनाउनेछ । चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड–१९ सङ्क्रमित भएपछि टोली केही महत्त्वपूर्ण खेलाडीविना नै कुवेत भ्रमणमा निस्किएको बताउनुभएको छ । त्यही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई सात–शून्यको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई दुई–शून्यले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग पाँच–शून्यले र चौथो खेलमा जोर्डनसँग तीन–शून्यले पराजित भएको थियो । घरको खेलको रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रूपपा रहेको भुटानमा कुवेतसँग एक–शून्यले पराजित भएको थियो ।

फिफा वरीयताको एक सय ४१ औँ स्थानमा रहेको चाइनिज ताइपेई र एक सय ७१ औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दशरथ रङ्गशालामा भएको थियो । मैत्रीपूर्ण त्यो खेलमा एक–शून्यले पछि परेको अवस्था उल्ट्याँदै नेपालले एक–एक को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्व कप छनोटमा प्रतिस्पर्धा भएको थियो । त्यो खेल नेपालले दुई–शून्यले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty two − = fifty nine