
काठमाडौं : नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण र कपोकल्पित भएको बताएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै उनले माओवादीमा फर्किन लागेको भनेर आफ्नो नाम जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
‘क। प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिंगो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ,’ उनले भनेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको पनि उनको भनाइ छ।
‘औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरूरजनसमुदायमा हार्दिक अनुरोधरअपिल छ,’ उनले भनेका छन्।
सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि माओवादी केन्द्रका रायमाझी एमालेतिर लागेका थिए।