
काठमाडौं : काभिड १९ को दोस्रो भेरियन्टका कारण त्रास फैलिएको अवस्था सबैलाई अवगत नै छ । हाल नेपाल सरकारले राहतको लागी कुनै पनी ब्यवस्था गरेको छैन । नेताहरु सत्ताको दाउमा मात्र केन्द्रित छन् । नेपाली जनतालाई गरिबी र भोकमरीले सताएको यो बिषम परिस्थितीमा सरकारले टुलु टुलु हेरेर बसेको छ ।
सरकार भन्छ हामी भोकबाट जोगाउछौ । तर यो कुरा भाषणमा मात्र सिमित रहेको पाईन्छ । यस महामारीले गर्दा नेपाली कलाकारहरुलाई झन अप्ठ्यारो परिस्थिती परेको छ । न त स्टेज कार्यक्रम, न त सुटिङ गर्न सक्ने अवस्था छ । अहिले जटिल अवस्था पनी छ । त्यसैले सबै कामहरु ठप्प छन् । कोरोनाको महामारीको यो बिषम परिस्थितीमा पनी सरकार भ्रष्टचार गर्नमा ब्यस्त छ ।
कला क्षेत्रलाई नै कर्म बनाएका कलाकारहरुको अवस्था झन जटिल बन्दै गएको अवस्था छ । जसले गर्दा धेरै कलाकारहरु मर्कामा परेका छन् । यसै कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघले एक बिज्ञप्ती जारी गर्दै कठिन अवस्थामा रहेका कलाकारहरुलाई संस्थाबाट सक्दो सहयोग गर्ने भएका छन ।
सांगीतिक क्षेत्रका कलाकार, प्राबिधिक, कोरस डान्सरहरु कोहि अप्ठ्यारोमा परेकाहरुलाई केही दिनमा राहत बितरण गरिने कुरा अध्यक्ष शंकर बिसिले जानकारी गराउदै सम्पर्कमा आएर नाम टिपाउन पनि अनुरोध गरेका छन् ।
कला र कलाकारहरुका शुभचिन्तकहरुले सहयोगको हात फैलाएको कारणले अप्ठ्यारो परिस्थितीमा परेका कलाकारहरुले सिधै म्युजिक भिडियो कलाकार संघका पदाधिकारीहरुलाई सम्पर्क गरी राहत लिन सक्ने कुरा म्युजिक भिडियो कलाकार संघका अध्यक्ष बिसीले जानकारी गराएका छन् ।
साथै सहयोगका लागी सचिव सुनिल लामिछाने ९८४९४४६३३८ र कोषाध्यक्ष देबेन्द्र क्षत्री ९८४१९८००२ मा सम्पर्क गर्न सकिने कुरा अध्यक्ष बिसीले बताए । म्युजिक भिडियो कलाकार संघले जारी गरेको प्रेस बिज्ञप्ती: