सन्दिपको दिल्लीबिरुद्ध बेङ्लोरको लज्जाष्पद हार, बिराट कोहली फ्लप

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमा सीमित भयो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे । नाभदिप सैनी अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । पृथ्वी शले ४२ रन जोड्दा ऋषव पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ ।

दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ । पाँच खेल हुँदा पनि सन्दीपलाई भने दिल्लीले खेलाएको छैन । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

42 − thirty seven =