
काठमान्डौं : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा विरुध्द प्रस्तुत अविश्वासको प्रस्तावको मतदानको बेला अनुपस्थित रहेका खेलकुद मन्त्री दिपक मनाङ्गेले पोखरामा पत्रकारलाई आफू अनुपस्थित रहेर सही काम गरेको बताएका छन।
उनले आफूले मुख्यमन्त्रीलाई २ पटक सरकारमा गएर सहयोग गरेको बताउँदै तपाईहरुको संख्या ३० पुग्छ भने म हालिदिन्छु नत्र हाल्दिन भनि आफूले भनेको स्पष्ट पारे। उनले संसद विघटन गरेर चुनावमा जाने भनेको जस्तो ईलिगल कुरा केही होईन भन्दै जानि बुझि हामीले त्यो गर्नै मिल्दैन भनि स्पष्ट पारेर उनले सबै कुरा मलाई हिजो थाहा भयो, तिनजना साथीहरु पठाएका थिए।
मेरै साथीहरु दुईजना मुस्ताङको एकजना कास्कीको भन्दै आफूले उनीहरुलाई मैले हालेर के गर्ने मेरो त एउटा सिट होनि भनि स्पष्ट बताएको कुरा उलेलेख गरे। तर उनिहरुले आफ्नो पुर्याउने होईने बिपक्षीको पुर्याउन नदिने भन्दा आफू
दुबिधामा परेको जानकारी दिए । उनले उनिहरुको नपुग्दा संसद भगं हुन्छ र चुनावमा जान पाईन्छ भनि उनले बताए। उनले आफू मोज गर्न ।
मन्त्री हुन नआएको बताउँदै म पृथ्वी सुब्बा गुरुङ लाई अहिले पनि दाई जस्तो मान्छु तर एकजना मान्छेको लागि यत्रो ठुलो त्याग गर्न त सकिंदैंननी भनेर स्पष्ट पारे।मलाई एमालेकै ३० प्रतिशत साथीले तपाईले हामीलाई जोगाउन सक्नु हुन्छ, तपाईले यता हालिदिए बर्बाद हुन्छ भनेको उनले जानकारी दिए। उनले आफू बुध्दवार राती ७ बजेसम्म मन्त्रालयमा बसेर आवश्यक कागजपत्रमा सही गरेर पठाए पनि मन्त्री परिषदको बैठकमा भने नगएको स्पष्ट पारे।
उनले यो कोरोना भन्दा नराम्रो बिरामी भएको धारणा व्यक्ति गर्दै संसद बिगठन गर्छु भनि ५ बर्षको कार्यकाल पुरा गर्न नपाउनु भनि फरक मत राखे। उनले आफू हरायो भनि कसले निवेदन दियो र पुलिस खोज्न मेरो घरमा गएको हो भनि आपत्ति प्रकट गरेका थिए।