
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि कृष्णचन्द्र नेपाली पोखरेलले आफूसहित ५ जना मन्त्रीले सपथ ग्रहण गर्ने तयारी थालेका छन् ।
उनले यही असार १ गते भित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् । उनले पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाए बजेट ल्याउने गरी अगाडी बड्ने भएका छन् ।
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री नेपालीसहित कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिने भएका हुन् ।
प्रदेशमा सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धन यतिबेला मन्त्रालय बाँडफाँटमा समेत आन्तरिक रुपमा छलफल चलाएको छ । तर, निष्कर्षमा भने पुगिसकेको छैन ।
Facebook Comments Box