
काठमाडौं : गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा आएका दीपक मनाङे उर्फ राजीव गुरुङ पछिल्लो समय प्रदेश राजनीतिमा ठूलै शक्तिका रुपमा देखापरेका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङको सरकार ढालेर नयाँ बनाउने खेलमा उनको निर्णायकजस्तै भूमिका रह्यो ।
डेढ महिनाको अन्तरालमा तेस्रोपटक मनाङेले मन्त्रीको सपथ खाएका छन् । मुख्यमन्त्री गुरुङको साथ छोड्दै पदबाट राजीनामा दिएका उनले फेरि मन्त्रीको कुर्सीमा फर्किन दुई दिन मात्रै धैर्य गर्नुपर्यो। आज मन्त्रीको सपथ खाए पनि उनको मन्त्रालय टुंगो लाग्न बाँकी छ । यसपाली उनले अघिल्लोभन्दा ‘मालदार’ मन्त्रालय ताकेका छन् ।
मनाङबाट चुनाव जितेर मनाङे प्रदेश सांसद बन्दा नै धेरैले जिभ्रो टोकेका थिए । केन्द्रको राजनीतिक उथलपुथलले गण्डकी प्रदेश प्रभावित भएसँगै मनाङेका लागि अर्को ढोका खुल्यो ।
सरकार जोगाउनका लागि उनको एक मत अत्यन्तै महत्वपूर्ण बनेपछि मुख्यमन्त्री गुरुङले उनलाई ड्याङ्गै मन्त्री बनाइदिए । अप,राधिक घट,नामा कयौंपटक प्रह,रीले प,क्रा,उ गरेर जेलमा कोचेका मनाङे प्रहरीबाटै स्यालुट खाने पोजिसनमा पुगे ।