
काठमाडौँ : भनिन्छ, फलाम काट्न फलाम नै चाहिन्छ । कुनै बेला चरी जस्ता नामुद गुण्डाको सरंक्षण गर्ने ओलीको गण्डकी प्रदेशको सत्ता ढाल्ने ‘गेमचेन्चर’ गु,ण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे बनेका छन् ।
उनी मन्त्रीको लोभमा यसअघि ओलीका सहयात्री मुख्यमन्त्री गुरुङको पक्षमा थिए । तर, मनाङे अन्तिम समयमा विपक्षी गठबन्धनसँग उभिए । मन्त्री बन्ने रहर पूरा गरेसँगै विपक्षी कित्तामा उनी उभिएका हुन् ।
उनकै समर्थनमा विपक्षी गठबन्धनबाट ३१ सांसदको हस्ताक्षरसहित पोखरेलले मुख्यमन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गरेका थिए ।
जनमोर्चाका कृष्ण थापाले सांसद पद गुमाउँदा पनि ओलीको साक्षी बन्ने निर्णय नबदलेपछि विपक्षी गठबन्धनले फलाम काट्ने हतियार मनाङेलाई बनायो । जसमा सफल पनि भयो ।
एक नामुद गु,ण्डा मनाङे राजनीतिमा प्रवेश गरेर मनाङबाट चुनाव लडेका थिए ।
Facebook Comments Box