मोडल निशा घिमिरेलाई नायिका आँचल शर्माले गरिन १ लाख सहयोग

काठमाडौं । मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न भारत जाँदै गर्दा देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

पैसा अभावका कारण उपचार गर्न नसकेर ३ बर्ष देखी शैयामा रेहकी उनलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् । अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ ।

यस्तै मोडल घिमिरेको उपचारको लागि चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माले पनि सहयोग गर्ने भएकी छन् । उनले अस्पतालमै पुगेर मोडल घिमिरेलाई भेट पनि गरेकी छिन् ।

आँचलले निशाको लागि नगद एक लाख रुपैया सहयोग गर्ने भएकी हुन्। यसअघि चलचित्रकर्मी कल्याणकारी कोषले ५१ हजार सहयोग गरेको छ ।

यस्तै अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty seven ÷ = twenty nine