मन्त्री मनाङे द्वारा खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण !

पोखरा । गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ को महामारी र यसको नियन्त्रणका लागि भएको बन्दाबन्दिका कारण समस्यामा परेका खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

गुरुङले पोखरा रंगशालामा एक कार्यक्रमका विच पारा खेलाडी र अन्य विभिन्न खेलका ६० जना खेलाडीहरुलाई झण्डै तीन लाख रुपैयाँ वरावरको राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

सोमवार भएको उक्त कार्यक्रम गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा भएको हो ।

७१ जनाले गरे र,क्त,दान

यसै विच विश्व र,क्तदाता दिवसका अवसरमा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा सोमबार पोखरा रंगशालामा र,क्त,दान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदको समन्वयमा भएको उक्त र,क्त,दान कार्यक्रममा ७१ जनाले र,क्त,दान गरेका हुन ।

यस अघि रक्त,दान कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगर पालिकाका प्रमुख मान बहादर जिसीले को,भिड १९ महा,मारीको विषम परिस्थितीमा समेत र,क्त,दान कार्यक्रम आयोजना गर्नु महत्वपूर्ण रहेको बताए ।

सो अवसरमा प्रमुख जिसीले कोभिड १९ विरुद्ध जिल्ला खेलकुदले सचेतना कार्यक्रम सँगै म,हा,मा,रीको पिडामा रहेका खेलाडीहरुलाई खाद्यान्न सामाग्री वितरण, वातावरण संरक्षणका लागि वृक्षारोपण तथा सरसफाई कार्यक्रम गर्नु प्रशंसा योग्य रहेको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = 6