नारायणी नदीले पार गर्‍यो सतर्कताको तह ! सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नारायणी नदीले सतर्कताको तह पार गरेको छ । लगातारको वर्षापछि नारायणी नदीले सतर्कता तह पार गरेको र पानीको तह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान प्रभाग, जलविज्ञान र मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले नारायणी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको र अझै वर्षा हुने पूर्वामानुमान रहेको जनाएको छ । नारायणी नदीले खतराको तह पार गर्ने अनुमान विभागले गरेको छ ।

नदीमा पानीको बहाव बढ्ने भन्दै विभागले सतर्कता अपनाउन भनेको छ । त्यस्तै चितवन, नवलपरासीको तटिय क्षेत्रमा हुनेहरुले भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = twenty seven