बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन !

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् ।

देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार प्रचण्डले बुधबार बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग टेलिफोन वार्ता गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = nine