कालीकोट । कालीकोट यात्राको तेस्रो दिन नायक पल शाहले कालिकोट सदरमुकाम मान्माको जिल्ला अस्पताल लाई आवस्यक स्वास्थ्य सामाग्री र कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नु भएको छ ।
हाम्रो टिम नेपाल र टिम पल शाहले बिगत केहि महिना देखि निरन्तर राहत तथा स्वास्थ्य सामाग्री बितरण गदै आएको छ । अब स्वास्थ्य सामाग्री हस्तान्तरणका तस्विर हरु हेर्नुहोस
यो पनि पढ्नुहोस:
पछिल्लो २४ घन्टामा देशभर पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वका विद्युत् गृहबाट उत्पादित २ सय मेगावाट विद्युत् बन्द भएको छ ।
त्यस्तै, निजी क्षेत्रको स्वामित्वका आयोजनाको ३ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपाध्यक्ष आशिष गर्गले जानकारी दिए ।
दोर्दी, मादी र सुनकोसी नदी बेसिनमा रहेका आयोजनाहरू सबैभन्दा धेरै प्रभावित भएका छन् । ‘पछिल्लो जानकारीअनुसार साना ठूला गरी १३ वटा आयोजनामा असर परेको छ र विद्युत् उत्पादन अवरुद्ध भएको छ’ उनले भने । सबैभन्दा धेरै नोक्सानी कास्कीमा निर्माणाधीन ४२ मेगावाटको सुपर मार्दी आयोजनाको निर्माण सामग्रीसमेत बगाएको छ ।