
काठमान्डौं : अहिले मेलम्ची बजार जलमग्न अवस्थामा छ।अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बे,पत्ता भएकाा छन् ।
जिल्ला प्र,हरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको श,व फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् ।
यतिखेर मेलम्चीमा मंगलबार रातिदेखिको बाढीले सयवटा भन्दा बढी घर पूर्णरुपमा डुबानमा परेका छन् भने डेढ सय भन्दा बढी घर आंशिक डुबानमा परेका छन् । मंगलबार साँझ नै बाढी आउँदैछ भन्ने सूचना प्राप्त भएपछि ठुलो मानवीय क्ष,ति हुनबाट जोगिएको छ । बाढीको भीषण रुप मंगलबार मध्यरातमा देखिएको थियो ।
यद्यपि साँझदेखि नै बाढी आउने सूचनाका आधारमा स्थानीयवासी सुरक्षित स्थानतर्फ लागिसकेका थिए । उक्त बाढीकै कारण सानाघर पुरिएका छन् भने ४ तला सम्मको घरमा ३ तलामा पुरै लेदोले भरिएको छ भने एक तला भने देखिएको भन्दै एक स्थानीयले बताएका छन् ।
बाढी–पहिरोबाट मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ ।
मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चि,न्तामा उनीहरु डुबेका छन् ।
बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्ष,ति,ग्र,स्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि नेपाली से,नाको हे,लि,कप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हे,लि,कप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ ।
स्थलगत रुपमा पनि नेपाली से,ना, सश,स्त्र, नेपाल प्र,ह,री र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोका कारण हालसम्म सात जनाको मृ,त्यु भएको पुष्टि भएको छ । केही घा,इतेहरुलाई काभ्रेको धुलिखेल अस्प,तालमा पठाइएको छ।
जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तिन वटा हेलिकोप्टर आएका छन् । विपत्तिबारे गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ । थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गर्नुभएको जनाइएको छ ।
त्यस्तै अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घा,इते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् ।बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्ष,ति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ ।
त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार हेलिकोप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ । नदी बढेकाले ‘हेडवर्कस्’ लगायत संरचना अहिले पानी मुनि रहेका छन् ।
आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेप,त्ता भएको र केही घा,इते भएको जानकारी आएको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घा,इ,ते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ । घा,इ,तेहरुलाई उद्धार गरी उप,चारका लागि धुलिखेल र काठमाडौँ पु¥याएको छ ।
अत्याधिक वर्षाका कारण नदीको तह बढेको भएपनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ । कतिपय स्थानीयबासीमा सुरुङ परीक्षण शुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ । प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिनुभयो । अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मा,नवीय र भौतिक क्ष,ति भएको छ ।