विपद कोषमा ५ करोड राख्ने निर्णय गर्दै हेलिकोप्टरमा मनाङ उडे मुख्यमन्त्री

पोखरा : प्रदेशमा सबैभन्दा धेरै बाढीले क्षति पु¥याएको मनाङ जिल्लाको स्थलगत अवलोकनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकोप्टरमा मनाङ गएका छन् । उनको साथमा मन्त्री दीपक मनाङे, सांसद चिन्तबहादुर घले पनि गएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार अपराह्न मुख्यमन्त्री नेतृत्व टोली मनाङ गएको हो । त्यसअघि मुख्यमन्त्री पोखरेल अध्यक्षतामा बसेको प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश स्तरीय विपद कोषमा ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको थियो ।

उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ गएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 × = forty