बाढीपहिरो पीडितको खोज तथा उद्धारमा नेपाली सेना

काठमाडौं । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्‍न स्थानहरूमा बाढी पहिरो र डुबानहरूबाट प्रभावित विभिन्‍न जिल्लाका स्थानमा नेपाली सेनाको खोज तथा उद्वारका कार्यहरू सञ्चालन गरिरहेको छ ।

यसक्रममा काभ्रेपलाञ्‍चोकस्थित तैनाथ सुरक्षा पोस्ट अम्बाथानबाट खट्टिएको टोलीले १ जना नेपाली र ३ जना चिनियाँ नागरिक गरी ४ जनाको उद्धार गरेको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–२, स्थित स्थानिय १ जनाको घरमा पहिरोले क्षति पुर्‍याएकोले खोज तथा उद्धार कार्यमा सहयोग गरेको छ ।

यस्तै, कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनाको कलबन्दीमा सुरुङ निर्माण कार्य भइरहेको अवस्थामा अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको सेनाको जंगी अड्डाले जनाएको छ ।

मेलम्चीमा बाढी पहिरो प्रभावित स्थानीयलाई विभिन्‍न संघ संस्थाहरूबाट प्राप्त राहत सामग्रीहरू सेनाको हेलिकप्टरबाट त्यहाँ ढुवानी गरिएको छ भने स्थानीयहरूलाई राहत वितरण गर्ने र वासस्थान निर्माण गर्न सेनाले सहयोग गरेको छ ।

यसैगरी मनाङ्गको चामेस्थित सिरनताल इलाकाबाट २४ जना तथा थोंचे इलाकाबाट ११ जना गरी जम्मा ३५ जना बाढी÷पहिरोबाट प्रभावितहरूलाई हेलिकप्टरद्वारा सुरक्षित स्थानमा पुर्‍याइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty seven + = 56