
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका-५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ४ लाख ७५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बुधबार बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद औषधी भन्सार कार्यालय सुथौलीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box