विश्वासको मत लिन मनाङबाट पोखरा फर्कदै गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्री मनाङे

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्।

यसैबीच, बुधबार दिउँसो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज विश्वासको मत लिने कार्यसूची तय गरेको थियो। यसअघि अहिले ११ बजे बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर मुख्यमन्त्री विहिबार मनाङको बाढी ग्रस्त क्षेत्रको अवलोकनमा गएपछि मौसममको कारण मनाङबाट फर्कन पाएका छैनन् । उनी विहिबार मनाङमै बसेका छन् ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गरेका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गरेका छैनन्। मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्री परिषद् गठन गरेका उनले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राखेका छन्। अब उनले विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन गर्ने तयारी गरेको स्रोतले बताएको छ। सरकारका प्रवक्ता तथा विनाविभागीय कुमार खड्काले भने, ‘अब विश्वासको मत लिएपछि मात्र विश्वासको मत लिने तयारी छ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

74 − seventy =