
कालिकोट । कर्णाली राजमार्गमा आएको पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र गाउँपालिका ६ मोल्फा बजार नजिकै पहिरोमा परि खाँडाचक्रकै ५४ वर्षीय बलबहादुर विकको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय मोल्फा बजारबाट घर फर्किदै गर्दा गएराती पहिरो खस्दा उनको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।
पहिरोका कारण कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।
Facebook Comments Box