माधव नेपाल निकट अनेरास्ववियुले बाँड्यो सिन्धुपाल्चोकमा राहत

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल(झलनाथ खनाल निकट अनेरास्ववियुले बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ।

शुक्रवार सिन्धुपाल्चोकका बाढी पहिरो प्रभाविताई राहतस्वरुप खाद्यन्न, स्वास्थ्य सामग्री, लत्ताकपडा लगायतका सामान वितरण गरेको नेपाल(खनाल समूहका अनेरास्ववियुका नेताहरुले बताएका छन्। अनेरास्ववियुका नेताहरुले सरकारले राहतका लागि तदारुकता नदेखाएको भन्दै आफूले राहत बाँड्नुपरेको बताएका थिए।

शुक्रवार बिहान नेता माधव नेपालले राहत सामग्री संयोजक सुदेश पराजुलीलाई हस्तान्तरण गर्दै सरकारले प्रभावितका लागि सहजीकरण नगरेको भन्दै आलोचना गरेका थिए। नेपालले सरकारले नगरेकाले प्रभावितका लागि काम गर्न आफू निकट विद्यार्थी नेतालाई निर्देशन दिएका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 2 = eight