
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा सधैजसो विवादमा तानिन्छन । उनले छुद्र र अराजक तथा धम्कीपूर्ण भाषा प्रयोग गर्दै बिपक्षी दलका नेताहरुलाई गाली गलौज तथा तल्लो स्तरका टिकाटिप्पणी गर्ने गरेकै कारण उनि दिनहु विवादमा आउछन ।
पछिल्लो समय उनको एउटा अभिव्यक्ति विवादमा आएको छ, उनले मावोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई झिंगा संग तुलना गर्दै प्रदेश सांसद मेटमणि चौधरीलाई प्रचण्डको संगतले बिगारेको आरोप लगाउदै सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
सामाजिक संजालमा उनको यस्तो निम्छरो अभिव्यक्तिको उत्तर दिदै मावोवादी निकट वाइसिएलले उक्त टिप्पणी को जवाफ मागेको छ । यसरि तल्लो स्तरका अभिव्यक्ति दिने जो कोहि लाइ पनि नछोड्ने वाइसिएलले बताएको छ।
जथाभावी बोल्नेको मुख कसरी च्यात्ने हो ? त्यो हामीलाई राम्रोसंग थाहा छ ,वाइसिएल निकट एक नेताले बताएका छन।प्रेस सल्लाहकार भएर लडाकु शैलीमा प्रस्तुत हुनेहरु वाइसिएलको कारवाही फेस गर्न तयार रहन पनि चेतावनी उनले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नै पार्टीका नेता मेटमणि चौधरीलाई ‘झिंगाको संगतले फोहोरमा पुगेको एउटा मान्छे’ को रुपमा चित्रण गरेका छन् । चौधरी वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेता हुन् ।
चौधरीले बाग्मती प्रदेशका कांग्रेसका सांसद नरोत्तम बैद्यको अभिव्यक्तिलाई सही भनेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । चौधरीले बैद्यले तितो सत्य उजागर गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।
चौधरीको भनाई सेयर गर्दै थापाले अघि लेखेका छन्( ‘झिंगाको संगतले फोहरमा पुगेको एउटा मान्छे प्रचण्डपथको प्रभावले पतनमै पुर्याउने निश्चित भयो, बेहोसी ।