
काठमान्डौं । नेपाली राजनितीलाई नजिकबाट नियाल्दै आएका पुर्वसचिव भिम उपाध्यायले महाकाली सन्धि गरेको २६ वर्ष पुगेको र अहिले २६ वर्षमा हुने रू ३१ खर्ब आम्दानी र त्यसको चक्रवर्ति ब्याजसहितको हुने रकम गरी रू ९०० खर्ब अहिले खनखनी गनेर हामी जनतालाई चाहियो भनेका छन्।
उनले आफ्नो सामाजिक संजालमा यसो लेखेका छन्ः
महाकाली सन्धी गरेको २६ वर्ष पुग्यो। सन्धी गर्ने नेताहरूले त्यो बेला सन्धी गरेपछि बार्षिक आय रू १ खर्ब २१ अर्ब हुन्छ भनेका थिए।
अहिले २६ वर्षमा हुने रू ३१ खर्ब आम्दानी र त्यसको चक्रवर्ति ब्याजसहितको हुने रकम गरी रू ९०० खर्ब अहिले खनखनी गनेर हामी जनतालाई चाहियो।
आजसम्म फुटीकौडी पाएका छैनौं।
अब त्यो सम्झौता गर्ने, गराउन तम्सिदै लिस्नो बन्ने वर्तमान प्रम ओलीजी र तत्कालिन प्रम शेरबहादुर देउबाजीले त्यो ९०० खर्ब तिर्नु परेन ?
Facebook Comments Box