डीएसपी भण्डारी कपिलवस्तु जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएपछि चौतर्फि चर्चा !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

डीएसपी भण्डारीले विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अप,रा,ध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् ।

साथै विभिन्न अप,रा,धमा संलग्न व्यक्तिहरुलाई प,क्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकाले डीएसपी भण्डारीलाई जेठ महिनाको सर्वोत्कृष्ट प्र,ह,री घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्ला भरीका प्र,ह,री कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्र,ह,री छनौट गर्दै आइरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty two + = thirty nine