सशस्त्र प्रहरीका डिआईजी गौतमविरुद्ध छानबिन गर्न निर्देशन, गुप्तचर विभागले बुझाएको थियो रिपोर्ट !

काठमाडौं । आर्थिक लाभ लिँदै विभिन्न सीमा ना’काबाट ठूलो संख्यामा भारतीय मजदुरलाई नेपाल छि’राएको राष्ट्रिय अनुसन्धान (गु’प्तचर) विभागको रिपोर्टका आधारमा सशस्त्र प्रहरीका २ नम्बर प्रदेश बा’हिनी प्रमुख नायव महानिरिक्षक (डिआईजी) चन्द्रप्रकाश गौतमवि’रुद्ध छानबिन सुरु भएको छ।

विभागले बुझाएको रिपोर्टका आधारमा मुख्यसचिव शंकरदास बैरा’गीले गृहसचिव महेश्वर न्यौपानेमार्फत छानबिनका लागि निर्देशन दिएका हुन्। उक्त विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालय ह’लचोकलगायत प्रधानमन्त्री कार्यालयलाई पनि जानकारी गराइएको स्रोतको दा’बी छ।

को’रोना भाइरसको दोस्रो लहरको व्यापकता चलिरहेका बेलामा गौतमको निर्देशनमा विभिन्न बे’स क्याम्पले कम्तिमा तीन महिनाको अवधिमा ५ हजार भार’तीय नेपाली सीमाभित्र छि’र्न नरोकेको बताइएको छ। सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरीका नाकाबाट भा’रतीयलाई भित्राएको रिपोर्ट गु’प्तचर विभागले तयार पारी मुख्यमन्त्री कार्यालयलाई बु’झाएको थियो।

यस अवधिमा सरकारले सीमामा क’डाई गर्ने निर्णय गरे पनि डिआईजी गौतमको निर्देशनमा यसरी भारतीय ना’गरिक नेपाल छि’रेको दा’बी पनि गरिएको छ। को’रोना महामारीका बेला ‘से’टिङ’का आधारमा सशस्त्र प्रहरीका उच्च अधिकारीले यसरी भा’रतीय छि’राउने गरेका कारण छानबिन भएका नजिर पनि छन्।

यसअघि सीमा क्षेत्रकै गणमा कार्यरत रहेका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) दिग्विजय सुवेदीलाई तानिएको थियो। उनीमाथि छानबिन पनि चलेको थियो। डिआईजी गौतमले आफूमाथि छा’नबिन सुरु भएको थाहा पाएपछि शक्ति केन्द्रको द’बाबमा बच्ने प्रयत्न गरेको बताइन्छ। यसका लागि उनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईदेखि प्रधानमन्त्री केपी शर्मा ओलीनि’कट नेतामार्फत ‘ल’विङ’ गरिरहेको स्रोतको दाबी छ। अनलाइन न्युज सेभेन

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty nine − = seventy nine