मोरङमा ७ लाख नगद र गाँजासहित ६ जना प,क्राउ !

मोरङ । प्रहरीले १८ किलो गाँजा र ७ लाख १९ हजार ८ सय नगदसहित ६ जनालाई विराटनगरबाट प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा तीन जना भारतीय छन् । सुनसरीको देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धरान उपमहानगरपालिका १३ सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई र धनकुटाको सहिदभूमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राईलाई प,क्राउ परेका प्रह,रीले जनाएको छ ।

यस्तै, भारतको अररिया फार्बिजगन्जका १९ वर्षीय सोनुकुमार यादव, अररिया पिप्राघाट विसनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार पक्राउ परेका हुन् ।

को१च २४१२ नम्बरको मारुती भ्यानमा जाँदै गरेका बेला सुरक्षा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ७ लाख १६ हजार ६ सय र भारतीय रुपैयाँ २ हजार गरी कूल ७ लाख १९ हजार ८ सय बरामद भएको जिल्ला प्रह,री मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

उनीहरुलाई अनुसन्धान गर्ने क्रममा बरामद भएको रकम गाँ,जा खरिद बिक्रीको भएको खुलेको उनले बताए । त्यसपछि अनुसन्धान गर्दै जाँदा उनीहरुले विराटनगर ६ रामपुरस्थित झाडीमा लुकाएर राखेको १८ किलो गाँ,जासमेत ब,राम,द भएको छ ।

प,क्राउ परेका ६ जना,वि,रु,द्ध लागूऔषध कसूरमा मु,द्दा दर्ता गरी थप अनुस,न्धान भइरहेको डीएसपी राईले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = four