BREAKING NEWS: मन्त्री मनाङे माओवादीमा प्रवेश गर्ने !

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङे नेकपा माओवादी केन्द्र प्रवेशको तयारीमा लागेका छन् । उनले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

भेटमा उनलाई माओवादीमा प्रवेश गराउनेबारे छलफल भएको बुझिएको छ । मनाङेले त्यसमा सकारात्मक जवाफ दिएको बुझिएको छ ।

मनाङले कम्युनिस्ट पार्टीको एकतामा जोड दिएको उनीनिकट स्रोतले बतायो । कम्युनिस्ट पार्टी एकतावद्ध भएर जाँदा विगतमा सफलता हासिल भएको स्मरण गराउँदै मनाङेले एकतामा जोड दिएका थिए ।

प्रचण्डले गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्दा साथ दिएकोमा मनाङेलाई धन्यवाद दिएका थिए । उनले उचित समयमा यसको कदर हुने समेत बताएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = thirty six