मंगलबारदेखि जोर–बिजोर प्रणाली पालना गरेर टुटल र पठाओ सञ्चालनमा आउने !

काठमाडौं । राइडर सेयरिङ कम्पनी टुटल र पठाओले मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका छन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीलाई आधार मानेर सेवा सुरु गरिने कम्पनीले बताएका छन् ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

सो निर्णयपछि राइडर सेयरिङ कम्पनीले जोर–बिजोर प्रणालीलाई पालना गरेर सेवा दिने जनाएका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty ÷ five =