विमलेन्द्र निधि निवासमा कांग्रेसका तीन नेताको “लन्च मिटिङ” : पार्टीको नयाँ नेतृत्वबारे छलफल

काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लन्च मिटिङ’ भएको छ । निधि निवास मध्यबानेश्वरमा भएको ‘लन्च मिटिङ’ का क्रममा नेतहरूबीच पार्टीको १४ औँ महाधिवेशनबारे छलफल भएको छ ।

पार्टीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्ने पक्षमा रहनुभएका उहाँहरूबीच १४ औँ महाधिवेशन र नयाँ नेतृत्वबारे छलफल भएको उपसभापति निधिको सचिवालयले जनाएको छ । उहाँहरू तीनै जना पार्टी सभापतिको आकाङ्क्षीका रूपमा हुनुहुन्छ ।

निधिको सचिवालयका अनुसार तीन जना नेताबीच महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्नेबारे कुराकानी भएको र अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।

यसैबीच नेताहरुबीच सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र अब आउने आम चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनेबारे पनि छलफल भएको छ ।

यस्तै सिन्धुपाल्चोकलगायत जिल्लामा बाढी र पहिरोका कारण भएको क्षतिबारे समेत तीन नेताबीच कुराकानी भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 5