१४ जना जनप्रतिनिधिलाई पार्टीबाट हटाउने माओवादी केन्द्रको निर्णय !

काठमाडौं । नेकपा माओवादी केन्द्रले १४ जनप्रतिनिधिलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको भर्चुअल बैठकले पार्टी छाडेका जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको हो । उनीहरु पार्टीबाट चुनाव जितेर एमाले पसेका विभिन्न स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई हुन् ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिबैठकले दल त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । त्यसै अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

केन्द्रीय सदस्य युवराज दुलालले पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको जानकारी दिए । बैठकमा पार्टीको केन्द्रीय कमिटी सदस्य थप गर्ने बारे पनि छलफल भएको छ । माओवादी केन्द्रको दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्ने र त्यसमा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिने तयारी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty three = sixty eight