भोलिबाट सबै सेवाहरु सुचारु गर्ने काठमाडौं प्रशासनको निर्णय (सूचनासहित)

काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को कारण स्थगित जिल्ला प्रशासन कार्यालय काठमाडौंको सबै सेवाहरु भोलिबाट सुचारु हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वैशाख १३ गतेबाट प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेको थियो ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाले जानकारी दिए ।

‘कोभिड-१९ को संक्रमण उच्च रहँदा मिति २०७८/०१/१३ गतेदेखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८/०३/०८ देखि लागू हुनेगरि सेवा सुचारु गर्ने निर्णय भएको हो । जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनुहुन पर्ने कारणसहित उपस्थित हुनुहुन सम्पूर्ण सेवाग्राही महानुभावलाई हार्दिक अनुरोध छ ।‘ जारी विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = two