पार्टीका शिर्ष नेताहरु संगको भेटघाटमा ब्यस्त मन्त्री दिपक मनाङे !

काठमान्डौं । पछिल्लो समय नेपाली राजनितीमा आफुलाई आईडलको रुपमा पहिचान बनाएका गण्डकी प्रदेश भौतिक तथा योजना मन्त्री राजिव गुरुङ (दिपक मनाङे) विभिन्न पार्टिका शिर्ष नेताहरुसंग राजनितीक भेटघाट तथा छलफलमा सकृय रहेका छन।

मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राजनितिक भेटघाटका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गरि नेपाली राजनितिका बारेमा बृहत छलफल गरेको उनका सहयोगी तथा निजि सचिब रोनित गुरुङले जानकारी गराएका छन।

केहि दिन अघि परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट प्रभावित मनाङवासीका लागि राहत संकलनलागि काठमाडौमा रहेको अवसर पारी उनले भेटघाटलाई समेत जोड दिएका हुन।

भेटघाटका क्रममा मन्त्री मनाङेले गण्डकी प्रदेशको मन्त्रीमण्डलमा साना दल तथा स्वतन्त्र सांसद सबैलाई अहिलेको सरकारले समेटेर लैजान र गण्डकी प्रदेश सरकारको गठबन्धनको ठुलो दलको हैसियतले मन्त्रीमण्डलमा पठाउदा पार्टीका सक्षम र इमान्दार व्यक्तित्व (सांसद) लाई पठाउन मनाङेले सुझाव दिएका थिए।

दीर्घकालिन सरकार बनाउन साना ठुला दल सबैलाई समटेर लैजानुको विकल्प नभएको बताउदै काँग्रेश सभापति देउवालाई पार्टीमा युवा वर्गलाई पनि अवसर दिनुपर्ने सुझाव समेत दिएका छन । भेटघाटकै क्रममा आज सोमबार मन्त्री “मनाङे” ले जनता समाजवादी पार्टीका अध्यक्ष वावुराम भट्टराईसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

मन्त्री “मनाङे” को शिर्ष नेताहरु संगको भेटघाट पश्चात् चासोको रुपमा हेर्न थालिएको छ । उनका सहयोगी रोनित गुरुङले गण्डकी प्रदेश सरकारमा बनेको गठबन्धन सरकारको शिर्ष नेताहरुलाई स्वतन्त्र सांसद दिपक मनाङेले भेटघाट गर्नु कुनै नकारात्मक नभएकोले कसैले आपत्ति नजनाउन र अनावश्यक टिकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 + one =